कोरोना महामारीको बेला कृतिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर : नेकपा

कोरोना महामारीको बेला कृतिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले कोरोना महामारी नियन्त्रण र रोकथाममा स्थानीय सरकारले प्रभावकारी कदम चाल्न नसकेको बरू यस्तो अवस्थामा पनि कालो बजारी तथा कृतिम अभाव सिर्जना गरी बजारमा महङ्गी सिर्जना गरेको भन्दै यसको रोकथाम र नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।

जिल्ला सेक्रेटरी तपेन्द्र तिमिल्सेनाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा विदेश र छिमेकी मुलुक भारतबाट आएका सबैको लगत सङ्कलन गरी परीक्षण गर्नुपर्ने, यसरी स्वास्थ्य परीक्षण नगराएर गाँउ डुल्ने र समाजमा घुलमिल हुनेलाई कारवाही गर्न माग गरेका छन् । यस्तै सबै स्थानीय निकायहरूमा क्वारेन्टाइनको व्यवस्था गरी सबै स्वास्थ्य संस्थाहरूमा आइसोलेशन वार्ड तयार गरी आवश्यक स्वास्थ्य सामाग्रीहरूको तत्काल व्यवस्था गर्ने र साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई सङ्क्रमणबाट बचाउँन आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन पनि विज्ञप्तिमा माग गरिएको छ ।

यस्तै विज्ञप्तिमा अछाम जिल्ला पनि कोरोना महामारीको उच्च जोखिममा रहेको कारण जिल्ला अस्पताल बयलपाटामा कोरोना परीक्षणको व्यवस्था मिलाउन माग गरिएको छ । यस्तै निषेधाज्ञा लम्बिँदै जाने अवस्था आएमा दैनिक ज्यालादारी गरेर खाने मजदुरहरूको आर्थिक अवस्था कमजोर भएको कारण उनीहरूका परिवारहरूको जीवन कष्टकर हुने अवस्थामा अति विपन्न समुदायमा आउन सक्ने सङ्कटको समाधानको लागि पुर्व तयारी गर्न पनि सम्बन्धित पक्षको ध्यानार्कषण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :