नेकपा मकवानपुरमा सङ्गठन विस्तार तिब्र

नेकपा मकवानपुरमा सङ्गठन विस्तार तिब्र

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सञ्चालन गरेको अभियान “सङ्गठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको सांस्कृतिक कार्यक्रम” मनहरी गाउँपालिका-१ अन्तर्गतको गोगनपानी, मनहरी-३ अन्तर्गतको डोठे, मनहरी-४ अन्तर्गतको नयाँबस्ती र मासिने खोलामा पनि सम्पन्न भएको छ ।

बुधबार १५ गते गोगनपानीमा भएको कार्यक्रममा मकवानपुर जिल्लाको जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्यता र ब्युरो सदस्य पेन्सनको विशेष आतिथ्यता रहेको थियो भने विवेक घलान, सरल, शुसिला सिन्तान, विक्रम मगर लगायतको आतिथ्यता रहेको थियो ।

ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रमले राजु लोप्चनको नेतृत्वमा ११ सदस्यीय गोगनपानी टोल कार्यसमिति गठन गरेको छ । साथै युवा, महिला, किसान, तामाङ र दलित गरी ५ वटा जनवर्गीय सङ्गठन पनि निर्माण गरेको छ ।

बिहीबार १६ गते डोठेमा भएको कार्यक्रममा मकवानपुर जिल्लाको जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्यता र सामना परिवारको इन्चार्ज सरलको विशेष आतिथ्यता रहेको थियो भने विवेक घलान, सोनाम बल, ललित घलान, सुबास तामाङ, विक्रम घलान लगायतको आतिथ्यता रहेको थियो ।

श्रीलाल बलको सभाध्यक्षतामा भएको कार्यक्रमले श्रीलाल बलको नेतृत्वमा ११ सदस्यीय डोठे टोल कार्यसमिति गठन गरेको छ । साथै युवा, महिला, किसान, तामाङ र मजदुर गरी ५ वटा जनवर्गीय सङ्गठन पनि निर्माण गरेको छ ।

त्यस्तैगरी १७ गते शुक्रबार नयाँबस्तीमा सम्पन्न भएको कार्यक्रममा सामना परिवारको इन्चार्ज सरलको प्रमुख आतिथ्यता, हेटौँडा उप-महानगपालिकाका सेक्रेटरी विवेक घलानको विशेष आतिथ्यता र अर्जुन तितुङ, ललित घलान, सुबास तामाङ, मीना थिङ लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

मकवानपुर जिल्ला सदस्य, युवा सङ्गठन नेपाल मकवानपुरका सदस्य एवम् मनहरी-४ का सेक्रेटरी सोमराज थिङको सभाध्यक्षतामा भएको कार्यक्रमले सेक्रेटरीमा सोमराज थिङ र सह-सेक्रेटरीमा मिलन प्रजा रहने गरी २१ सदस्यीय मनहरी ४ नम्बर वडा कार्यसमिति गठन गरेको छ । साथै महिला, युवा, मजदुर, तामाङ, चेपाङ र सुकुम्बासी गरी ६ वटा जनवर्गीय सङ्गठन पनि निर्माण गरेको छ ।

त्यस्तै १८ गते शनिबार मासिने खोलामा सरलको प्रमुख आतिथ्यता र विवेकको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अर्जुन तितुङ, अमर रुम्बा, सिंगराम तितुङ, फूलमान थिङ र सुरेन्द्र तितुङ लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

ललितको सभाध्यक्षतामा शनिबार भएको कार्यक्रमले टीकाराम स्याङ्तन सेक्रेटरी र गोविन्द तितुङ सह–सेक्रेटरी हुने गरी २१ सदस्यीय मसिने खोला टोल समिति गठन गरेको छ भने महिला, तामाङ र युवा गरी ३ वटा जनवर्गीय सङ्गठन पनि निर्माण गरेको छ ।

यसरी १५ गतेदेखि १८ गतेसम्म भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष एवम् नेकपा मकवानपुरका जिल्ला सदस्य सुर्यबहादुर गोलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :