नेकपा बर्दियाद्वारा मगर परिवारप्रति समवेदना प्रकट

नेकपा बर्दियाद्वारा मगर परिवारप्रति समवेदना प्रकट

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले बन्दी जीवन बिताइरहेका बर्दिया जिल्ला सदस्य जयबहादुर ठाडा मगरकी आमाको निधनमा शोक व्यक्त गरेको छ । बन्दी जीवन बिताइरहेका मगरकी आमा हिरा राना मगरको ९८ वर्षको उमेरमा निधन भएको भन्दै मृतक आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गरेको हो ।

जिल्ला सेक्रेटरी हिम शिखरले सोमबार शोक वक्तव्यमार्फत एकीकृत जनक्रान्तिको यात्रामा अविचलित भई बन्दी जीवन बिताइरहेका योद्धाकी आमाको सुर्खेत भेरिगङ्गा २ सादनेस्थित भएको निधनले हाम्रो पार्टीलाई मर्माहत बनाएको बताएका छन् । उनले यस दुःखद घडीमा पार्टी आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बन्दी जयबहादुर ठाडा मगर लगायत परिवारजनमा समवेदना प्रकटसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :