आस्थाका बन्दीहरूले बाजुरा कारागारभित्रै मनाए लेनिन जयन्ती

आस्थाका बन्दीहरूले बाजुरा कारागारभित्रै मनाए लेनिन जयन्ती

बाजुरा : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले बाजुरा कारागारभित्रै लेलिन जयन्ती मनाएका छन् । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५२ औँ जन्मदिन तथा ७३ औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आस्थाका बन्दीहरूले बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएका हुन् ।

लेनिनको सम्झना गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ ले लेलिनको विचार, सिद्धान्त, राजनीति र समाजवादी क्रान्तिको सफलताले विश्व कम्युनिस्ट आन्दोलनलाई ठूलो योगदान पुर्याएको बताएका छन् ।

आदर्शले भने– ‘माक्र्सवादको आधारभूत सिद्धान्तमा टेकेर लेलिनले लेलिनवादको विकास गर्नुभयो र माक्सवाद र लेलिनवादको आधारभूत सिद्धान्तमा टेकेर चीनमा क. माओले दिर्घकालीन जनयुद्धबाट सत्ता प्राप्त गर्नुभयो, यसरी नै माक्र्सवाद, लेनिनवाद र माओवादको एकपछि अर्को विकास भयो ।’ उनले २००६ सालमा २२ अप्रिलको अवसरमा पुष्पलाल लगायत ४ जनाले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेको स्मरण गरे । साथै उनले लेलिनको जन्मदिन र नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको दिनले विश्व कम्युनिस्ट आन्दोलनलाई उर्जा दिएको बताउँदै देशैभरिका राजबन्दी, अरु बन्दीहरू र नेपाली जनता तथा विश्वभरिका सचेत जनसमुदायहरूलाई लेलिनबाट सिक्न र जनताको मुक्ति ल्याउन आग्रह समेत गरे ।

नेपालमा नेपाल कम्युनिस्ट पार्टीले अबलम्बन गरेको एकीकृत जनक्रान्तिले पनि मालेमावादको स्प्रिटलाई पकडेको भन्दै नेता आदर्शले भने– ‘हाम्रो पार्टीका माहासचिव क. विप्लवले देखेको सपना, विचार, सिद्धान्त, योजना, व्यवाहारिक पक्ष स्पष्ट र सफल अवश्य छ, अन्याय, अत्याचार, भ्रष्टाचार र असमानताको विरूद्धमा हाम्रो पार्टी सधैँ निरन्तर लडिरहन्छ ।’ उनले विश्वमै पहिलोपटक महिला र मजदुरले पनि मत दिन पाउने अधिकारको व्यवस्था लेनिनले गरेको बताए । ‘यो सबै कम्युनिस्ट आन्दोलनको देन हो, अब सबै नेपाली जनता नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुनुको विकल्प छैन’ उनले भने ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अम्मलाल थापा ‘आशिष’ ले १५२ औँ लेलिन जयन्ती र ७३ औँ कम्युनिस्ट पार्टी स्थापना दिवसको सबैलाई शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । उनले लेनिनले देखाएको बाटोलाई सधै आत्मसात गर्दै नेपाल कम्युनिस्ट पार्टीले अबलम्बन गरेको एकीकृत जनक्रान्तिमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

आशिषले एक अर्को फरक प्रशङ्गमा पुर्व मेचीदेखि पशिचम महाकालीसम्म जोड्ने राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग रोल्पाको जिनाबाङबाट ६० किलोमिटर उत्तर मोडी पुर्वदेखि पशिचम महाकालीसम्मका ३ करोड जनतालाई अन्याय गरेको प्रष्ट देखिएको बताएका छन् ।

उनले भने– ‘रोल्पाका सङ्घीय सांसद बर्षमान पुन, सल्यानका सङ्घीय सांसद टेकबहादुर बस्नेत र सल्यानकै सांसद प्रकाश ज्वालाको मिलोमतोमा यो घृणित कार्य भएको छ, यसको हामी भत्र्सना गर्दछौ, यसलाई तुरुन्त सच्याईयोस्, यदि सच्याउने काम भएन भने पुर्वदेखि पशिचमका सम्पूर्ण जनताले दोषीलाई कडा कारवाही गर्नेछन्, हेक्का राखून् ।’, ‘म बन्दी जीवन बिताईरहेपनि मदन भण्डारी राजमार्गबारे केही बुझ्ने अवसर पाए, विशेष गरि रोल्पाली जनतालाई केही पहुँचमा भएका नेताहरूले अन्याय गरेको प्रष्ट देखियो, राज्यको लगानीलाई चरम दुरुपयोग गरेको देखियो, जनयुद्धबाट नेता भएका नेताले नै युद्धकालमा ध्वस्त भएको गाउँ “नमुना बस्ती” लाई बाईपास गरेर पद र पावरको दुरुपयोग गरेका छन्, यस्तो कार्य नेपाली जनतालाई सह्य हुनसक्दैन’, उनले भने ।

प्रमुख अथिति चुडामणि ओली ‘आदर्श’ रहेको उक्त कार्यक्रममा अतिथिहङ लक्ष्मण रावल र कुमार गिरि रहेका थिए । स्वागत मन्तव्य अम्मलाल थापा ‘आशिष’ ले गरेका थिए भने उदय कसेरा ‘उदय’, कृष्णबहादुर विक ‘सुर्य’, राजेश शाही ‘आकाश’, नरेश शाही ‘शिशिर’, डबलबहादुर नेपाली ‘दमन’ र सुरेन्द्र बब्लीलगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन गोरख राज गिरिले गरेका थिए भने कार्यक्रमको अध्यक्षता धर्मराज सुनार ‘धर्मेन्द्र’ ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :