नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलन

नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलन काठमाडौँको गोकर्णमा सम्पन्न भएको छ । विशाल सुब्बाको अध्यक्षतामा प्रमुख अथिति महासङ्घको संयोजक बनोद थापा र विशेष अतिथि शिशिर थापामगर रहेका थिए ।

सम्मेलनले अध्यक्षमा विशाल सुब्बा, उपाध्यक्षमा अरुण श्रेष्ठ अर्का उपाध्यक्ष रमेश मगर, सचिवमा बालकुमार केसी, कोषाध्क्षमा सिबराम तामाङ र केन्द्रीय सदस्यहरूमा सबिता तामाङ र सुजिना तामङ निर्वाचित भएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै महासङ्घका संयोजक बिनोद थापाले गलैँचा मजदुरले अझैँपनि दुःख पाइरहेकोले असली उत्पीडित सिकार महिला श्रमिक बन्नु परिहेकोले अब मजदुर सङ्घ सङ्गठनले उहाँहरूको बेदना टुलुटुलु हेरेर बस्न नसकिने बताउँदै सम्मेलनमा उपस्थित सबैलाई आन्दोलनको अपिल गरेका थिए ।

त्यसैगरी अर्का अतिथि शिशिर थापाले मजदुरको समस्या क्रान्तिबाट मात्र हल हुने बताउँदै नयाँ सिराबाट मजदुर आन्दोलन उठाउँन एकीकृत जनक्रान्तिमा लाग्नुपर्ने अहिलेको दलाल व्यवस्था नै मजदुर वर्गको बाधक रहेकोले वैज्ञानिक समाजवाद एउटा उत्तम व्यवस्था रहेकोले सबै गोलबन्द हुनुपर्नेमा जोड दिए ।

उक्त सम्मेलनमा बालकुमार केसीले स्वागत मनतब्य राखेका थिए भने रमेश सुनुवारले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :