कालिकोटमा नेकपाकाे एरिया जनभेला सम्पन्न

कालिकोटमा नेकपाकाे एरिया  जनभेला सम्पन्न

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी कालिकोट एरिया नम्बर ५ को आयोजनामा धौलागोह राडुनेटा उच्च मा. वि.मा बृहत जनभेला कार्यक्रम सम्पन्न भएको छ । एरिया नम्बर ५ को इन्चार्ज चञ्चलको सभापतित्व र नेकपा भेरी कर्णाली ब्युरो सदस्य कर्ण भण्डारी बिराटको प्रमुख आतिथ्यता पूर्व सभासद एवम् अनेमसंघ क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष धिरेन्दा उपाध्याय, जिल्ला इन्चार्ज एवम् भेरी कर्णाली ब्युरो सदस्य रणदिप, जिल्ला सेक्रेटरी साहासी अनेम संघ क्रान्तिकारी भेरी कर्णाली ब्युरो संयोजक शान्ति लगायतका नेताहरुको आतिथ्यतामा सम्पन्न जनसभामा भेरी कर्णाली ब्युरो कलाकारको बेजोड प्रस्तुती रहेको थियो ।

जनसभालाई सम्बोधन गर्दै बिराटले वर्तमान सरकार वार्ताका लागि इमान्दार हुनु पर्ने धारणा राख्दै वर्तमान संसदिय व्यवस्था असफल सिद्द भैसकेकाले अब वैज्ञानिक समाजवादी आन्दोलन संगठित गर्ने बेला आएको बताए । सबै जनताले वैज्ञानिक समाजवादी आन्दोलनलाई साथ दिन अपिल गरे ।

साथै उक्त सभालाई सम्बोधन गर्दै धिरेन्दा उपाध्यायले वैज्ञानिक समाजवादी व्यवस्था विना उत्पीडित जाती, क्षेत्र र लिङ्गले अधिकार नपाउने ठोकुवा गरिन् । वार्ताको विषयलाई लिएर संशोधनवादी एवम् सुधारवादी दलालहरुले अनावश्यक भ्रम सृजना गरेकाले भ्रममा नपर्न जनसभामा सहभागी जनसमुदायलाई अपिल गरे । वार्ता अपरिहार्य विषय भएकाले उचित समयमा पार्टी वार्तामा गएको हो केपी ओलीसँग पार्टी एकता गर्न गएको होइन उनले भनिन् ।

उक्त जनसभामा बोल्दै जिल्ला इन्चार्ज रणदिपले जिल्लामा भएका तिब्र राजनीतिक गतिविधीले यथास्थितीवादीहरु छटपटाएकाले विभिन्न कायरतापुर्ण गतिविधी गर्ने षडयन्त्रमा लागेकोप्रति इकंित गर्दै नआतिएर विवेकपूर्ण प्रतिस्पर्धामा आउन अपिल गरे । उक्त जनसभामा करिव दुई हजार जनताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :