कञ्चनपुरमा अभियान टोलीलाई स्वागत

कञ्चनपुरमा अभियान टोलीलाई स्वागत

कञ्चनपुर अभियानमा रहेको युवा संगठन नेपालको टोलीलाई नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले विदाई गरेको छ भने बिसु सांस्कृतिक परिवारको टोलीलाई स्वागत गरेको छ । सोमबार कञ्चनपुरको शुक्लाफाँटामा बिदाई तथा स्वागत कार्यक्रम गरिएको हो ।

विगत केही समय देखि युवा संगठनको टोलीले जिल्ला इन्चार्ज जीवनको नेतृत्वमा रहेको जिल्ला पार्टीसँगको समन्वयमा विभिन्न स्थानमा आमसभा, जनजागरण अभियान, जनश्रमदान लगायत रचनात्मक काममा सहभागी भएको थियो ।

स्वागत तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा प्रमुख अतिथि ओम प्रकाश पुन ‘निर्माण’ ले पार्टी नीति, विधि सिद्धान्त मान्ने सबै नेता कार्यकर्ताहरू आ– आफ्नो तह र तप्काबाट जिम्मेवार भएर क्रान्ति र आन्दोलनप्रति बफादार रहनुपर्ने बताए । सरकारसँग तीन बुँदे सहमति पछि पार्टीले आफ्ना एजेन्डाहरूलाई जनता माझ पु¥याउन सबै कार्यकर्ता लागेको र अभियानले देश भरि राजनैतिक तथा सङ्गठनात्मक गतिविधि व्यापक बनाएको बताए । कार्यकर्ताहरूलाई कतै पनि विचलित नहुन आग्रह गर्दै फेरि एकचोटि न्यायको लागि लड्न आवश्यक भएको र त्यो आकांक्षा पार्टीले ल्याएको एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत पूरा हुने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा जिल्ला इन्चार्ज रमेश नेपाली ‘जीवन’, समाजवादी राष्ट्रिय मञ्चका अध्यक्ष देविदत्त पाण्डे, व्युरो सदस्य आजाद ,कमल बि क, सेम ज.व.स. इन्चार्ज दल बहादुर धामी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :