दलित मुक्ति मोर्चा अर्घाखाँचीको भेला सम्पन्न

दलित मुक्ति मोर्चा अर्घाखाँचीको भेला सम्पन्न

काठमाडौँ:  दलित मुक्ति मोर्चा नेपाल अर्घाखाँचीको दोस्रो भेला सम्पन्न भएको छ । सोमबार सम्पन्न भेलाले भेलाले मनु नेपालीको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । आयोजक समिति सदस्यहरुमा हिम बहादुर विक, केशव नेपाली, शान्ता नेपाली, विष्णु नेपाली, तुलशा नेपाली, प्रेम नेपाली, सुरज नेपाली, इन्द्र नेपाली, विष्णु नेपाली, राम बहादुर नेपाली रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपाका नवलपरासी इन्चार्ज धीरजले उत्पीडित समुदाय आफ्नो अधिकारको लागि सदैब सङ्गठित भएर समाजमा दबिएर रहेका घटनाहरु बाहिर ल्याउन लाग्नुपर्ने बताए । उनले आफ्नो पार्टी उत्पीडित समुदायको हक अधिकारको लागि लड्ने एक मात्र पार्टी भएको बताए ।
मोर्चाका केन्द्रिय सदस्य तथा लुम्बिनी संयोजक जित बहादुर रसाइलीले समाज वर्गविहिन, समान अधिकार हुनुपर्ने, समाज रुपान्तरणका लागि आफू रुपान्तरण हुनुपर्ने, संगठित भएर संघर्षमा जानुपर्नेमा भन्दै दलित समुदायकोे लागि संसदीय व्यवस्थाले निकास दिन नसक्ने बताए ।

कार्यक्रममा नेकपा भुमिकास्थान नगरपालिका ईन्चार्ज नविन खड्का, राष्ट्रिय जागरण मञ्चका गणेश थापाले दलित समुदायको लागि आफुहरु निरन्तर क्रान्तिमा लागिरहेको बताए । भेलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँची संयोजक किरण मसाङ्गी लगायतको उपस्थिति थियो ।
भेलामा मोर्चाका संयोेजक मनु नेपालीले अध्यक्षता गरेका थिए भने अयान विकले सञ्चालन र बाबुराम नेपालीले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :