अखिल (क्रान्तिकारी) रोल्पाको जिल्ला सम्मेलन

अखिल (क्रान्तिकारी) रोल्पाको जिल्ला सम्मेलन

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति रोल्पाको २३ औँ जिल्ला सम्मेलन भव्यरुपले सम्पन्न भएको छ ।

हजारौँ विद्यार्थीको र्याली सहित बजार परिक्रमा गर्दै उद्योग वाणिज्य संघको हलमा गएर सभामा परिणत भएको थियो । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक हरिबहादुर वलीले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क. थिए भने विशिष्ट अतिथि नेकपा रोल्पाका पूर्व इन्चार्ज प्रयास, रोल्पा जिल्ला इन्चार्ज मानव थिए ।

यस्तै अतिथिहरूमा जिल्ला सेक्रेटरी शोभाराम राणा, राप्ती व्युरो संयोजक दिपक विष्ट, सामना परिवारका केन्द्रीय सह-संयोजक आरोही, रोल्पा नगर कमिटी इन्चार्ज खिमराज र नगर सेक्रेटरी सिजन रहेका थिए । सम्मेलनमा कोषाध्यक्ष गोविन्द पुन भावुकले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन निवर्तमान उपाध्यक्ष प्रदिपले थिए ।

सम्मेलनले हरिबहादुर ओलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला समिति चयन भएको छ । जसको उपाध्यक्षमा सिजकुमार घर्ती, सचिवमा खिम समिर पुन, सहसचिवमा कमल विक, कोषाध्यक्षमा जीवन रोका मगर, सदस्यहरूमा झकास विक, ताजाराम वली, मनिषा बुढाथोकी, देवराज ओली, दोलख वली, सुवास घर्ती, उमेशचन घर्ती, जीवन डाँगी र एटम पुन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :