नेकपा जाजरकोटको थलहबजारमा जनसभा

नेकपा जाजरकोटको थलहबजारमा जनसभा

जाजरकोट : जाजरकोटको थलहबजारमा नेकपाको जनसभा सम्पन्न भएको छ । छेडागाड नगर समितिको आयोजनामा बुधबार सम्पन्न उक्त जनसभालाई अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा पाल्पा इन्चार्ज पुर्णबहादुर सिंहले सम्बोधन गरेका थिए ।

जनसभाका प्रमुख अतिथि नेता सिंहले देशमा रहेको वर्तमान व्यवस्था जनतामाथि लुटतन्त्र मच्चाउने दलाल पुँजीवादी व्यवस्था भएको बताए । वर्तमान व्यवस्थाकै कारण राष्ट्रघात, भ्रष्ट्राचार मौलाइरहेको भन्दै नेता सिंहले देशमा राष्ट्रियताको रक्षाका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक रहेको बताए । देशमा कस्तो व्यवस्था राख्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्ने बताउँदै सिंहले सरकारसँगको तीन बुँदे सहमति पछि सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध हटेको र अब चाँडै सबै नेताकार्यकर्ता रिहा हुने विश्वास व्यक्त गरे ।

सभामा नेकपा भेरी कर्णाली व्युरो सदस्य प्रेम प्रकाश ओली ‘धमिल’ विशिष्ट अतिथि थिए भने अन्य अतिथिहरूमा युवा संगठन नेपाल भेरी कर्णाली व्युरो संयोजक दिप, नेकपा जाजरकोट सेक्रेटरी महान, युवा संगठन नेपाल भेरी कर्णाली व्युरो सदस्य खडक, अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाही लगायतका थिए ।

दिपेन्द्र सिंहले सञ्चालन र तिलक बिष्टले स्वागत गरेको कार्यक्रमा स्थानियले झाँकी प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :