लुम्बिनी ब्युरोमा राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार तिव्र

लुम्बिनी ब्युरोमा राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार तिव्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल लुम्बिनी ब्युरोले ब्युरो भित्रका सबै जिल्लाहरूमा वालपेन्टिङ नाराहरू लेखेको छ ।

संगठनको चौठो राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार स्वरुप ब्युरोका रूपन्देही, कपिलवस्तु नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न सार्वजनिक स्थलका भित्ताहरूमा नाराहरू लेखेको संगठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले बताए । विश्लेषणले भने, ‘हामी निरन्तर जनताबीच अभियानमा छौँ, संगठनको चौठो राष्ट्रिय सम्मेलनको तयारी स्वरुप लुम्बिनी ब्युरोका सबै जिल्लाहरूमा वालपेन्टिङ अभियानलाई निरन्तर अगाडि बढाइरहेका छौँ । हामी क्रान्तिको यात्रामा दृढ भएर लागिरहेका छौँ, हाम्रो यात्रा कहिल्यै अविचलित हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :