किसान महासंघको राष्ट्रिय भेला हुँदै

किसान महासंघको राष्ट्रिय भेला हुँदै

काठमाडौँ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेला हुने भएको छ । नेकपा निकट किसान महासंघले ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर चैत्र २४ गते सिन्धुलीको माडिमा राष्ट्रिय भेला गर्न लागेको हो ।

दलाल भूमाफियाको जग्गा राष्ट्रियकरण गरौँ ! वैज्ञानिक समाजवादको बाटोमा अघि बढौँ !! भन्ने नारा सहित हुन लागेको भेलालाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, सल्लाहकार समितिका अध्यक्ष असारे काका लगायतले सम्वोधन गर्ने किसान महासंघका संयोजक हरि श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :