कञ्चनपुरको शुक्लाफाँटामा जनजागरण अभियान अन्तर्गत जनसभा

कञ्चनपुरको शुक्लाफाँटामा जनजागरण अभियान अन्तर्गत जनसभा

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरको शु.न.पा ८ पिल्लरीमा भव्यताका साथ जनजागरण अभियान अन्तर्गत जनसभा सम्पन्न गरेको छ । आफ्ना पार्टीको विचार, धारणा र एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतामाँझ पुर्याउन निरन्तर जनजागरण अभियानमा जुटिरहेको नेकपा कञ्चनपुरले जनसभा गरेको हो । यही चैत ९ गतेबाट शुरु गरेको उक्त अभियान जिल्लाका विभिन्न ठाउँहरूमा जनसभाहरू मार्फत जनतालाई जनजागृत गर्ने कार्य भइरहेको कञ्चनपुर जिल्ला इन्चार्ज रमेश नेपाली ‘जीवन’ ले बताएका छन् ।

जिल्ला इन्चार्ज जीवनका अनुसार सरकार र पार्टी बीचको वार्ताको प्रक्रिया अघि बढेर पार्टी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि जनसभा मार्फत पार्टीका क्रियाकलापलाई तिब्र रुपमा सारेको छ । पार्टी निरन्तर संघर्षमै रहेको र पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य लिएको बताएका छन् । देशमा बढ्दै गएको भ्रष्टाचार, कालोबजारी, महंगी र दलालीको विरोध गर्दा सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको स्मरण गर्दै सरकारले प्रतिबन्ध हटाएपछि आफ्नो पार्टी वार्तामा आएर राजनीतिक समस्याको समाधान शान्तिपूर्ण रूपमा गर्न सहमत भएको बताए ।

केही मान्छेहरू नेकपा सरकारमा जाँदैछ, केपी ओलीसँग पार्टी एकता गर्दैछ भनेर भ्रम सिर्जना गरिरहेको भन्दै त्यस्ता भ्रमपूर्ण अफवाहको भण्डाफोर गर्नुपर्ने जीवनले बताए । उनले जोड दिँदै भने “हाम्रो पार्टी संसदीय व्यवस्था मानेर सरकारमा कुनै पनि हालतमा जाँदैन ।” आफ्नो पार्टी देशको व्यवस्था छान्ने अधिकार जनतालाई दिनुपर्छ भन्ने पक्षमा रहेको बताए । सँगसँगै पार्टीका सम्पूर्ण जनवर्गीय संगठनले पनि आफ्ना क्रियाकलापलाई तिब्रताका साथ अघि बढाएको उनले बताए ।

उक्त कार्यक्रम पार्टीका जिल्ला सचिवालय सदस्य धनबहादुर राना, दलित मुक्ति मोर्चाका कञ्चनपुर जिल्ला संयोजक लोकेन्द्र विक लगायत नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :