नेकपाको इलाका स्तरीय भेला सम्पन्न

नेकपाको इलाका स्तरीय भेला सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी डि–वानको बिहीबार इलाका स्तरीय भेला सम्पन्न भएको छ । मकवानपुरको रोराङ गाउँपालिका र चितवनको राप्ती नगरपालिका अन्तर्गतको इलाका स्तरीय भेला सम्पन्न भएको हो ।

कार्यक्रम इलाका इन्चार्ज वीरबहादुर तामाङको अध्यक्षतामा र सञ्चालन समाजले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी डि– वान जिल्ला इन्चार्ज पेमा, अतिथिहरुमा डि–वानका पार्टी सेक्रेटरी किरण, जिल्ला सदस्यहरु बसन्त, बाबुराम चेपाङ उपस्थित रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला इन्चार्ज पेमाले पार्टीलाई माया गर्ने पर्खाल ब्रोसबाङ्गको जनतालाई कहिले नबिर्सने अठोट गरे । सधैं जनताको हितमा लड्ने वचन व्यक्तसमेत उनले गरे ।

कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी किरणले अहिलेको व्यवस्थाको भर नपर्न आग्रह गर्दै नेपाली जनताको मुक्ति वैज्ञानिक समाजवादले मात्र गर्न सक्ने विश्वास व्यक्त गरे । उनले त्यसकारण एकीकृत जनक्रान्तिमा सबैलाई गोलबन्द हुन अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :