नेकपा बैतडीद्वारा भित्तेलेखन कार्यमा निरन्तरता

नेकपा बैतडीद्वारा भित्तेलेखन कार्यमा निरन्तरता

बैतडी : नेपाल कम्युनिस्ट पार्टी बैतडीले भित्तेलेखन कार्यलाई निरन्तरता दिएको छ । बैतडी पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनजागरण अभियान चैत १२ गतेदेखि सुरु भएको हो ।

अभियानको उद्घाटन बैतडी जिल्ला इञ्चार्ज सहदेवले पुर्चौडिको हाटमा गरिएको थियो भने, जिल्लाका विभिन्न सार्वजनिक स्थल, विद्यालय र चोकका भित्ताहरूमा विभिन्न नाराहरू लेखेको अभियान दिपेन्द्र ऐरीले बताएका छन् । नाराहरूमा नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक शिक्षा लागु गर, महान् दशवर्षे जनयुद्धका सहिद सरद अवस्थि लोकेशप्रति उच्च सम्मान सहित लाल अभिवादन, एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रगतिशील युवा एक हौँ । महिला दिदीबैनीहरुको सुरक्षा ग्यारेन्टी गर, लगायतका नाराहरू लेखिएको छ ।

अभियान टिमले विभिन्न ठाउँमा कोणसभा, संगठन बिस्तारमा पनि तिब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :