नेकपा भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाको भेला

नेकपा भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाको भेला

मकवानपुर : नेकपा मकवानपुर भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाको संयुक्त भेला सम्पन्न भएको छ । भेलाले सुशीला सिन्तान ‘ज्योति’ को नेतृत्वमा १९ सदस्यीय संयुक्त गाउँ कार्यसमिति गठन गरेको छ ।

प्राप्त समाचारअनुसार भेलाले भीममाया प्रजाको संयोजकत्वमा १३ सदस्यीय महिला सङ्गठन र भीम इन्चार्ज र सुजन प्रजा संयोजकत्व रहने गरी ९ सदस्यीय युवा संगठन पनि गठन गरेको छ ।

मकवानपुर जिल्लाका इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्य र जिल्लाका जनसत्ता प्रमुख तथा सचिवालय सदस्य एवम् थाहा नगरपालिका, भीमफेदी, इन्द्रसरोवर र बागमती गाउँपालिकाका इन्चार्ज विक्रम मगर ‘शक्ति’ को विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा मकवानपुर जिल्लाका सदस्य चीनकाजी, जिल्ला सदस्य तथा आखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सूर्यबहादुर गोले, प्रविनलगायत अतिथि उपस्थित थिए । जिल्ला सदस्य तथा अनेमसङ्घ मकवानपुरकी अध्यक्ष सुशीला सिन्तान ‘ज्योति’ ले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।

भेलामा सम्बोधन वाटरले एकीकृत जनक्रान्तिको कार्यदिशाले हिजोको अधुरो र अपूरो क्रान्ति शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने नयाँ आधार तय गरेको र त्यसैअनुरूप पार्टी–कार्यकर्ताहरु निरन्तर अघि बढिरहेको बताए । संसदीय व्यवस्थाका कारण ओइलिएका, सेलाएका, कमजोर भएका आमनेपाली जनतालाई फेरि एकपटक नयाँ जोस र जाँगर लिएर वैज्ञानिक समाजवादी व्यवस्थासम्म पुग्ने एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द भई अघि बढ्न उनले आह्वान पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :