आज २१ औँ जेल ब्रेक दिवस मनाइँदै

आज २१ औँ जेल ब्रेक दिवस मनाइँदै

पोखरा : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी गण्डक ब्युरो समन्वय समितिले २१ औँ जेल ब्रेक दिवस मनाउने भएको छ । सङ्घले आज पोखरामा उक्त दिवस मनाउन लागेको हो ।

जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) मा आबद्ध क्रान्तिकारी महिला शिलु, कमला, मीना, एन्जिला, सन्जु र रीता २०५७ सालमा आजैका दिन गोरखा जेलमा सुरुङ खनेर बाहिरिएका थिए । साहस र शौर्यको उक्त दिनलाई सम्मान गर्दै महिला सङ्घले जेल ब्रेक दिवस मनाउन लागेको हो । नेपालमा महिलाले जेल ब्रेक गरेको यो नै पहिलो साहसिक विद्रोहको घटना हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :