नेकपाद्वारा दैलेखको ठाँटीकान्धमा जनसभा

नेकपाद्वारा दैलेखको ठाँटीकान्धमा जनसभा

ठाँटीकान्ध : नेपाल कम्युनिस्ट पार्टी दैलेखले दलाल संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद ल्याउनका लागि ठाँटीकान्ध गाउँपालिकामा सम्पूर्ण गाउँबासी जनसमुदायको उपस्थितिमा जनसभा सम्पन्न गरेको छ ।

जनसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज दिपेन्द्रले दलाल व्यवस्थाका कारण अहिलेको राजनीतिक शंकट देखिकाले यसको समाधानको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था भएको कुरा उल्लेख गर्दै शान्ति, स्थिरता, समृद्धिका लागि पार्टी जनमत संग्रहमा जान तयार भएको र नेपाली जनताले दल र व्यक्तिलाई पटकपटक जिताएर धोका भएकाले अब दल र व्यक्तिलाई रोज्ने निर्वाचन होइन व्यवस्था रोज्ने निर्वाचन हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा जिल्ला सेक्रेटरी दीप लामा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रकाश, अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुद्रसन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दैलेखका अध्यक्ष उषा, वुद्धिजीवी संगठनका संयोजक क्षितिज, दलित मुक्तिमोर्चा नेपाल दैलेखका सचिव सन्दिप र नेता क्रान्तिको उपस्थिति रहेको थियो ।

शंकेतको अध्यक्षता र शरदको सञ्चालनमा भएको उक्त कार्यक्रममा ज्वाला सांस्कृतिक परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :