दलित मुक्ति मोर्चा, नेपाल कास्कीको अध्यक्षमा भिमसेन

दलित मुक्ति मोर्चा, नेपाल कास्कीको अध्यक्षमा भिमसेन

कास्की : सामाजिक दलाल पुँजीवादको आधुनिक बिभेदका विरुद्ध सशक्त दलित आन्दोलन, बैज्ञानिक समाजवादको पक्षमा दलित मुक्ति मोर्चा नेपाल ! भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट निकट दलित मुक्ति मोर्चा, नेपाल कास्कीको जिल्ला भेला बुधबार सम्पन्न भएको छ । पोखराको नयाँबजारमा सम्पन्न भेलाका प्रमुख अतिथि पुर्णजित पुन ‘उभार’, जिल्ला सेक्रेटरी विश्वास लगायतको सहभागितामा भएको कार्यक्रम भिमसेन परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

यस्तै जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा कास्कीका इन्चार्ज पुर्णजित पुन ‘उभार’ ले राज्यले आफ्नो दलाल संरचना जोगाइराख्न दलित लगायत सम्पूर्ण जातीय, लैङ्गीक, भेदभाव गर्दै आएको र उनीहरुको आवाज दबाउँन प्रयत्न गरिरहेको बताए । उनले जातीय मुक्ति, सामाजिक कुसंस्कारका बीच बाँच्नुपर्ने अवस्था दलितहरुले झेलिरहेका छन् यसमा भएको बिभेदलाई हामीले बुझ्नुपर्नेमा जोड दिँदै उनले दासताको जिवन राज्यको कारण, धर्मकोको कारण, भाग्य र कर्मलाई दोष लगाउँने शाषकहरुको जालो तोड्न दलितहरु जागरुप हुनुपर्ने बताए । राज्यले बिभिन्न अफवाह छरेर आफ्नो बर्चस्व कायम राख्न धर्मको नाउँमा, जातीय नाउँमा साथै दलित वा लैङ्गिक रुपमा असमानता छर्दै आएको र यो सबै असमानताको हल वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्न सक्ने उनले बताए ।

यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रममा नेकपा कास्की जिल्ला सेक्रेटरी विश्वासले राज्यको गलत व्यवस्था र नीतिका कारण आज दलित भएकै कारण नबराज बिकहरु मरिरहेको साथै श्रीया बिक जस्ता चेलीहरु बलात्कृत हुनुपरेको उल्लेख गरे । उनले अझै समाज र हामी बीच भएको भेदभाव साथै सम्पूर्ण उत्पीडितहरुमाथि हुने बिभेदहरुको अन्त्य गर्न जरुरी रहेको र यसका लागि सबै लाग्नुपर्ने बताए । हामी सबैले एकसमान हेर्ने फुलवारी जस्तो बनाउँने संकल्पसहित महान् यात्रामा लागि आफैँ भित्रबाट बिभेदको अन्त्य गरेर लाग्नुपर्ने उनले बताए ।

त्यसैगरी मन्तव्य राख्ने क्रममा अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष कमला परियारले दलित नामै उखेलेर फाल्नुपर्ने बताए । उनले दलित भनेर दबाउँने राज्यको अव्यवस्थित सिस्टमका कारण आजसम्म राज्यमा श्रीया बिक जस्ताले न्याय नपाएको हुँदा दलित एकता हुनुपर्ने जोड दिँदै शुभकामना दिए ।

यस्तै शुभकामना मन्तब्य दिँदै युवा संगठन कास्कीका संयोजक भविन्द्रले १० वर्षे महान् जनयुद्धका पहिला सहिद दिलबहादुर रम्तेल देखि कास्की जिल्लामा पनि धेरै दलितहरुको साहदत गरेको इतिहास भुल्न नहुने भन्दै जातीय बिभेद देखि सबै असमानताको बिरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले दलितमाथि न्याय दिन सकेको छैन भन्दै दलितहरुको साहदतले आज हामी जातीय बिभेददेखि सबै असमानताको बिरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

अ.ने.मा. संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष लक्ष्मी खड्काले आज सम्म दलितहरुको हरेक ठाउँमा, हरेक आन्दोलनमा सहभागी हुने तर दलितहरु पछि पारीने हुँदा अब सबै चेतनशील भएर एकजुट हुँदै अगाडि बड्नुपर्ने साथै हाम्रो मुक्तिका लागि अगाडि बढ्नुपर्ने बताइन् । दलितले न्याय पाउन र अन्यायका बिरुद्ध बोल्ने आँट सबैले गर्नुपर्नेमा हामी दलितमा त्यो क्षमता रहेको र साथै पुँजीपति दलाल वर्गहरुको थिचोमिचोलाई परास्त पारेर मात्र हाम्रो समाधान हुने उनले बताइन् ।

शुभकामना मन्तब्यकै क्रममा अखिल नेपाल सुकुम्बासी संघ कास्की जिल्ला संयोजक कमल खड्काले दलितहरु भनेर जसरी दमन गर्न खोजिएको छ त्यसको बिरुद्ध संगठित भएर अघि बढ्नुपर्ने बताए ।

भेलाले भिमसेन परियारको अध्यक्षतामा १५ सदस्यीय दलित मुक्ति मोर्चा कास्की जिल्ला कमिटी गठन गरेको छ भने मिनबहादुर परियार उपाध्यक्ष, कृष्णबहादुर परियार सचिवमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :