महासचिव विप्लवद्वारा केन्द्रीय कारागारका आस्थाका बन्दीसँग भेटघाट

महासचिव विप्लवद्वारा केन्द्रीय कारागारका आस्थाका बन्दीसँग भेटघाट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केन्द्रीय कारागारका आस्थाका बन्दीहरुलाई भेटेका छन् ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि विभिन्न झुट्टा मुद्दा लगाएर जेलमा राखेका बन्दीहरुसँग भेटघाट गर्ने र मुलुकको परिवर्तित राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने क्रममा महासचिव विप्लवल बुधबार केन्द्रीय कारागार पुगेका हुन् । उक्त कारागारमा नेकपा केन्द्रीय सदस्य भरत बम ‘रणवीर’ लगायत नेता, कार्यकर्तालाई विभिन्न मुद्दा खेपेर बन्दी अवस्थामा छन् ।

महासचिव विप्लवले बन्दीहरुलाई जेल मोर्चा सफलतापूर्वक पूरा गरिरहेको भन्दै सरकार नेकपासँग भएको तीनबुँने सहमति पूरा गर्न लागिरहेको विश्वास पनि व्यक्त गरेका थिए ।

केन्द्रीय कारागारका आस्थाका बन्दीहरुले नेकपा र सरकारबीच भएको तीनबुँदे सहमतिमा सरकारी पक्षबाट के–कस्तो काम भइरहेको छ भनेर जिज्ञासा राखेका थिए ।

महासचिव विप्लव र पार्टी प्रवक्ता प्रकाण्डले बुधबारै रणनीतिक संयुक्त मोर्चाका एक नेता ऋषिराम कट्टेललाई भेटेर मोर्चाको आगामी कार्यक्रमबारे छलफल गरेको नेकपा श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :