झापा र सनुसरीमा युवा संगठन नेपालकाे बैठक सम्पन्न

झापा र सनुसरीमा युवा संगठन नेपालकाे बैठक सम्पन्न

काठमाडौँ : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे मेचीकाेसी ब्युरो अन्तर्गत झापा र सुनसरीकाे युवा संगठन नेपालले जिल्ला बैठक सम्पन्न गर्दै विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ ।

बुधबार झापाको दमकमा पार्टीका जिल्ला सचिव श्रीजंगकाे प्रमुख आतिथ्यता, युवा संगठन नेपालका ब्युरो संयाेजक नुलुककाे आतिथ्य तथा युवा संगठन नेपाल, झापाका कार्यवाहक अध्यक्ष विज्ञानको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

उक्त बैठकले पुरानो जिल्ला कार्यसमिति भंग गर्दै जिल्ला सम्मेलन आयोजक कमिटी बनाउने निर्णय गरेको छ । साथै युवा संगठनले जिल्ला भित्र युवायुवतीहरूमा देखिएका विकृति विसंगतिकाे भण्डाफाेर गर्दै लागुऔषध तथा देहब्यापारका विरूद्द संगठन सशक्त ढंगले लागि पर्ने युवा संगठनले जानकारी दिएको छ । जिल्ला सम्मेलनसँगै भित्तेलेखन र प्रचारप्रसारमा पनि लागिपर्ने जानकारी दिएको छ।

यता ब्युरो अन्तर्गतको सुनसरी जिल्लामा भने युवा संगठन नेपालकाे जिल्ला सम्मेलन आयोजक समितिको बैठक बस्दै निरज सुबेदीको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति निर्माण गरेकाे छ ।

जिल्ला इन्चार्ज रुसकाे उपस्थितिमा भएको बैठकले वैशाख २० गते सदरमुकाम इनरुवामा सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :