नेकपा रोल्पाको जिल्ला कमिटी बैठक सम्पन्न

नेकपा रोल्पाको जिल्ला कमिटी बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी रोल्पाको बैठक सम्पन्न भएको छ । प्रतिबन्ध फुकुवापछिको पहिलो बैठक शुक्रबार (फागुन २८ गते) सम्पन्न भएको हो । त्रिबेणी गाउँपालिका जुँगारमा सम्पन्न बैठकमा नेकपा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठा ’सुबास’ प्रमुख अतिथि, रोल्पा जिल्ला इन्चार्ज दिनेश चन्द ‘मानव’ बिशिष्ट अतिथि र रोल्पाका पार्टी सल्लाहकार लालबहादुर वली ‘बिश्व’ अतिथि रहेका थिए ।

रोल्पा जिल्ला सेक्रेटरी शोभाराम रानाद्वारा संचालन गरिएको बैठकले पार्टीका नीति तथा कार्यक्रमहरु जनस्तर सम्म लैजाने निर्णय गरेको छ । प्रत्येक गाउँपालिकामा पार्टी प्रशिक्षण, भेला गर्दै संगठन सुदृढीकरण तथा बिस्तार गर्ने र विभिन्न जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलन गर्ने सेक्रेटरी रानाले बताए ।

बैठकका प्रमुख अतिथि सुबासले बर्तमान राजनीतिक घटनाक्रमबारे प्रशिक्षण दिँदै पार्टीका नीति तथा कार्यक्रमहरुलाई गाउँस्तरसम्म लैजान निर्देशन दिएका थिए ।

बैठक प्रारम्भ हुनुअघि निवर्तमान जिल्ला सेक्रेटरी दिनेश चन्द ‘मानव’ले वर्तमान जिल्ला सेक्रेटरी शोभाराम रानालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :