नेकपाद्वारा महान् सहिद प्रज्वलको सम्झनामा बेसाहाराहरुलाई सहयोग

नेकपाद्वारा महान् सहिद प्रज्वलको सम्झनामा बेसाहाराहरुलाई सहयोग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र युवा संगठन नेपाल घोडाघोडी नगर कमिटीले महान् सहिद प्रज्वलको सम्झनामा कैलालीको बौनियामा रहेको बेसाहाराको साहारा घरमा फलफूल, दहि र १ क्युन्टल चामल सहयोग गरेको छ ।

उक्त कार्यक्रममा घोडाघोडी नगर इन्चार्ज भरत शाहा, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सुबास, नगर सेक्रेटरी अर्जुन, युवा संगठन नेपालका जिल्ला संयोजक पुष्प लगायत नगरकमिटीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेकोे समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :