नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीच ३ बुँदे सहमति

नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीच ३ बुँदे सहमति

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीच ३ बुँदे सहमति भएको छ । दुई कम्युनिस्ट पार्टीबीच दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरु बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने सहमति भएको हो । आज सार्वजिनक गरिएको प्रेस विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशिल’ द्वारा हस्ताक्षर गरिएकोछ ।

महासचिव विप्लव र कर्णजीत बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ फागुन २९ गतेका दिन हामी नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच संयुक्त बैठक बसि निम्न सहमति गरियो । १) दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने, २) क्रान्तिकारीहरु बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने, ३) यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :