नेकपा दाङले गर्यो जिल्लाभरी कोणसभा

नेकपा दाङले गर्यो जिल्लाभरी कोणसभा

दाङ: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज दाङ जिल्लाभरी कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच वार्ता सम्पन्न भएको सन्दर्भमा जिल्लामा कोणसभा गरिएको नेकपा दाङले जनाएको छ ।                                              तुलसीपुरको विपी चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै पार्टीका दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले आफ्नो पार्टी संसदीय व्यवस्था स्वीकार गरेको भन्ने हल्ला भ्रामक रहेको बताउनुभयो ।उहाँले पार्टीले संसदीय व्यवस्था स्वीकार नगरेको बरु जिम्मेवारीका साथ वार्तामा सहभागी भएको जिकिर गर्नुभयो । उहाँले दुबै पक्ष वार्ता र संवादबाटै देशको राजनैतिक समस्या समाधान गर्न सहमत भएको आफ्नो सबै कृयाकलापहरु शान्तिपुर्ण रुपमा सन्चालन गर्न सहमत भएको उल्लेख गर्नुभयो । सरकारले आफ्नो पार्टी माथिको प्रतिबन्ध खारेज गरि गिरफ्तार नेता कार्यकर्ताको रिहाइ र झुठ्ठा मुद्दा खारेज गर्ने निर्णयको स्वागत गर्नुभयो ।                                                यस्तै कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज तिलक याेगीले वार्ता क्रान्तिको एउटा सचेत कदम भएको उद्घोष गर्नुभयो । उहाँले आफ्नो पार्टीले सहिदका सपनाहरु पूरा गरि छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पार्टीले धोका दिन्छ कि भन्ने डर इमानदार नेता कार्यकर्तामा रहेको भन्दै उहाँले भन्नुभयो -‘तपाईहरु ढुक्क हुनुस् मर्न तयार छौँ तर झुक्दैनाैँ ।’
नेकपा दाङले जिल्लाका लमही, घोराही, भालुबाङ र विभिन्न गाउँपालिका स्तरिय कोणसभा सम्पन्न गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :