नेकपा नवलपुरद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेपाल कम्युनिस्ट पार्टीले जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने प्रतिबद्धता

नेकपा नवलपुरद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

फागुन १९, नवलपुर ।
२६ औँ महान जनयुद्ध दिवस तथा २६ औँ सहिद सप्ताह अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लामा रहेका सहिद तथा बेपत्ता परिवारको घर-घरमै पुगेर महासचिव विप्लवको हस्ताक्षर रहेको सम्मान पत्र प्रदान गर्दै अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । पुंजीवादी दलाल संसदिय व्यवस्थाको विरुद्धमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गरेपछि मात्र सहिद तथा बेपत्ता योद्धाहरुको सपना पूरा हुने र यस्को लागि नेपाल कम्युनिस्ट पार्टीले जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने प्रतिबद्धता जिल्ला इन्चार्ज ध्रुवले सहिद तथा बेपत्ता योद्धाहरुको परिवारजनमा व्यक्त गर्नुभएको थियो ।
युवा संगठन नेपाल नवलपुर अध्यक्ष अबिनास, अखिल (क्रान्तिकारी) नवलपुर, संयोजक श्रीराम बस्यालको उपस्थिती रहेको थियो । सहिद रमा राना मगरका बुबा चित्तल सिंह राना मंगलसेनुले आफ्नो छोरीको बलिदान खेर जान नदिन र अब एकमात्र आशा नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिप्रति रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । नेकपाले देशव्यापी सहिद सप्ताहको सन्दर्भमा सहि तथा बेपत्ता परिवारहरूलाई सम्मान तथा भेटघाट कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :