गुल्मीको पुर्कोट र फोक्सिङमा सहिद परिवारलाई सम्मान

गुल्मीको पुर्कोट र फोक्सिङमा सहिद परिवारलाई सम्मान

नेपाल कम्युनिस्ट पार्टीले गुल्मीमा सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । गुल्मीको फोक्सिङमा युवा संगठन नेपाल लुम्बिनी ब्यूरो इन्चार्ज विश्लेषणको नेतृत्वमा, जनयुद्धको क्रममा खारामा २०६१ चैत्र २५ गते सहादत प्राप्त गरेका सहिद पहाडको परिवारलाई भेटघाट तथा सम्मान गरिएको नेकपा गुल्मीले बताएको छ । कार्यक्रममा पहाडको बुबा धन बहादुर नेपालीलाई सम्मान गरिएको थियो ।
उक्त सम्मान तथा भेटघाट कार्यक्रममा इन्चार्ज विश्लेषणले बेपत्ता तथा सहिद परिवारलाई राज्यले वास्ता नगरेको र त्यहीँ सहिदहरूको सिञ्चित रगतबाट सत्तामा पुगेको दलालहरूको व्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवादी व्यवस्थाबाट ति सहिदहरूको सपना पुरा गर्ने बताए ।त्यस्तै गुल्मीको पुर्कोट दहमा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्यूरो संयोजक विरेन्द्र विकको नेतृत्वमा गुल्मी जिल्लाको प्रथम सहिद कृष्ण कुँवर ‘नवराज’, जगत कुँवर ‘संग्राम’, बिना नेपाली ‘निर्मला’ र बासकटरीमा राधिका भुसाल ‘करूणा’ को परिवारलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रममा संयोजक विरेन्द्र विकले जनयुद्धका महान सहिदहरुको सपना अधुरो रहेको भन्दै उनका सपनाहरु साकार पार्न नयाँ क्रान्तिको थालनी भएको बताएका थिए । भेटघाट तथा सम्मान कार्यक्रममा युवा संगठन नेपालका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ । सहिद तथा बेपत्ता योद्धाहरुलाई भेटघाटको क्रममा नेकपा गुल्मीले परिवारजनको अवस्था, उनीहरुसँग राजनीतिक वैचारिक छलफल र महान सहिदहरुका अधुरा सपनाहरुको बारेमा विमर्श गरेको बताएको छ । फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म रहेको छ । यसक्रममा नेकपाले देशव्यापी सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई भेटघाट तथा सम्मान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :