गुल्मीको मुसिकोटमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपामाथि लगाएको प्रतिबन्ध सरकारलाई ‘न निल्नु, न ओकल्नु’ : विश्लेषण

गुल्मीको मुसिकोटमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

फागुन १९, गुल्मी ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले सहिद–सप्ताहको सन्दर्भमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर – ५ आँपचौर तल्लाफाँटमा सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ ।

गुल्मीको मुसिकोटमा युवा संगठन नेपाल लुम्बिनी ब्यूरो इन्चार्ज विश्लेषणले जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद विष्णु खरेल ‘विशाल’को परिवारलाई भेटघाट तथा सम्मान गरिएको युवा संगठन नेपाल, गुल्मीले बताएको छ । कार्यक्रममा सहिद क. ‘विशाल’को पत्नी गोमा खरेल, बुबा युवराज खरेल र आमा गंगा खरेललाई सम्मान गरिएको थियो ।

उक्त सम्मान तथा भेटघाट कार्यक्रममा इन्चार्ज विश्लेषणले जनयुद्धका महान सहिदहरुको सपना अधुरो रहेको भन्दै उनका सपनाहरु साकार पार्न नयाँ क्रान्तिको थालनी भएको बताएका थिए । उनले नेकपामाथि भएको दमन र षड्यन्त्रको कुनै तुक नभएको र नेकपामाथि लगाएको प्रतिबन्ध अहिले सरकारलाई ‘न निल्नु, न ओकल्नु’ भएको र दलाल संसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवाद नै एकमात्र विकल्प भएको जिकिर समेत गरेका थिए । भेटघाट तथा सम्मान कार्यक्रममा युवा संगठन नेपालका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ ।

सहिद तथा बेपत्ता योद्धाहरुलाई भेटघाटको क्रममा युवा संगठन नेपाल, गुल्मीले परिवारजनको अवस्था, उनीहरुसँग राजनीतिक वैचारिक छलफल र महान सहिदहरुका अधुरा सपनाहरुको बारेमा विमर्श गरेको बताएको छ ।फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म रहेको छ । यसक्रममा नेकपाले देशव्यापी सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई भेटघाट तथा सम्मान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :