नेकपाद्वारा कपिलवस्तुमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

वैज्ञानिक समाजवादी व्यवस्थाबाट सहिदहरूको सपना पूरा गर्ने

नेकपाद्वारा कपिलवस्तुमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । सम्मान तथा भेटघाटको क्रममा बेपत्ता तथा सहिद परिवारलाई राज्यले वास्ता नगरेको र त्यहीँ सहिदहरूको सिञ्चित रगतबाट सत्तामा पुगेको दलालहरूको व्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवादी व्यवस्थाबाट ति सहिदहरूको सपना पुरा गर्ने नेकपा कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुमा नेकपाले जिल्लामा महान जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान गरेको हो । सहिद तथा बेपत्ता योद्धाहरुलाई भेटघाटको क्रममा नेकपाले परिवारजनको अवस्था, उनीहरुसँग राजनीतिक वैचारिक छलफल र महान सहिदहरुका अधुरा सपनाहरुको बारेमा विमर्श गरेको नेकपा कपिलवस्तुले बताएको छ । कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले जनयुद्धका महान सहिदहरुको सपना अधुरो रहेको भन्दै उनका सपनाहरु साकार पार्न नयाँ क्रान्तिको थालनी भएको बताएका थिए । भेटघाट तथा सम्मान कार्यक्रममा नेकपाका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ । फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म रहेको छ । यसक्रममा नेकपाले देशव्यापी सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई भेटघाट तथा सम्मान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :