जनपत्रकार संगठन नेपालद्वारा नक्खु कारागारमा रहेका सुदर्शनलाई भेटघाट

जनपत्रकार संगठन नेपालद्वारा नक्खु कारागारमा रहेका सुदर्शनलाई भेटघाट

काठमाडौँ : जनपत्रकार संगठन नेपालको तर्फबाट जेल हिरासतमा रहेका आस्थाका राजबन्दी भेटघाट अभियान अन्तर्गत नक्खु कारागरमा रहेका नेकपा स्थायी कमिटी सदस्य सुदर्शनलाई भेटघाट गरिएको छ । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकको नेतृत्वमा गएको टोलीमा पत्रकार दिपेश शाही, शोभराज बराल, उमेश थापा, ईश्वर जैसी सहभागी थिए ।

भेटघाटको क्रममा नेता सुदर्शनले अबको समाजवादी आन्दोलनका लागि विचारधारात्मक काममा मुख्य जोड दिनुपर्ने र यसमा पनि राजनैतिक अर्थशास्त्रको क्षेत्रमा हिजो जनयुद्धकालदेखि नै अध्ययनको कमि रहेकोले पछिल्लो समयमा आफुले राजनैतिक अर्थशास्त्रको अध्ययनमा जोड दिइरहेको कुरा संयोजक शेरबहादुर विश्वकर्माले जानकारी दिएका छन् । नेकपामाथि २०७५ फाल्गुन २८ मा सरकारले प्रतिबन्ध लगाए लगत्तै चैत्र ८ गते गिरफ्तार पर्नुभएका सुदर्शन नक्खु कारागारमा रहेको २ वर्ष पुग्दै छ । यस अघि जनयुद्धकालमा बाजुरा कारागारमा २ बर्ष रहनु भएका सुदर्शनको स्वास्थ्य स्थिति बुझ्ने उद्देश्यले जनप्रत्रकार संगठनले उहाँलाई भेटघाट गरेको हो ।

यसैक्रममा आजै धनगढी जेलमा रहनुभएका नेता ओमप्रकाश पुन र विवेक कुमाललाई पनि जनप्रत्रकार संगठन सेती–महाकालीले भेटघाट गरी स्वास्थ्य स्थितिको जानकारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :