सरकार र नेकपाबीच वार्ता उपलब्धिपूर्ण हुँदै

सरकार र नेकपाबीच वार्ता उपलब्धिपूर्ण हुँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका तर्फबाट गठित वार्ता टोली बीच विभिन्न चरणमा वार्ता भइरहेको छ । आजै दुई चरण वार्ता सम्पन्न भइसकेको छ । पहिलो चरणमा सरकार र नेकपाबीच आ–आफ्ना तर्फबाट प्रारम्भीरतासाथ धारणाहरु प्रस्तुत भएका थिए । पहिलो चरणको वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् ।

दोस्रो चरणको वार्तामा वार्ताका एजेण्डाहरुमा प्रवेश गरेको र दोस्रो चरणको वार्ता पनि उपलब्धिपूर्ण रहेको नेकपाका वार्ता टोली स्रोतले जनाएको छ । नेकपा र सरकार बीचको यो वार्तालाई चौतर्फी चाँसो र गम्भीरता पूर्वक हेरिएको छ । सबै वार्ता सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :