नेकपा रुकुमकाे एकीकृत जनदिशा अभियानको समिक्षा बैठक सम्पन्न

नेकपा रुकुमकाे एकीकृत जनदिशा अभियानको समिक्षा बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार रुकुम पश्चिममा सञ्चालन भइरहेको एकीकृत जनदिशा अभियानको समिक्षा बैठक सम्पन्न भएको छ ।

समिक्षा बैठकमा वर्तमान विकसित राजनीतिक घटनाक्रम, अभियानको प्रभावकारिता र उपलब्धि र पार्टीको पछिल्लो कार्यनीतिको विषयमा जिल्ला पार्टी कार्यालय सदस्य अमृतले विषय राख्नुभएको थियो ।

बैठकमा बोल्दै अमृतले पार्टीले सञ्चालन गरेको एकीकृत जनदिशा अभियानले पार्टीको नीति, विचार र कार्यक्रमलाई श्रमजीवी जनताको बीचमा सम्प्रेषण गर्न सफल भएको बताउनुभयो । बैठकमा सहभागी अभियान यात्रीहरुले बैठकमा अभियानको क्रममा प्राप्त गरेका सांगठनिक, राजनीतिका उपलब्धिहरु र अभियानलाई थप, व्यवस्थित, प्रभावकारी र उपलब्धिमुलक कसरी बनाउने भन्ने विषयमा सल्लाह, सुझाव राखेको बताइएको छ । 

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले यहीँ माघ ७ गतेदेखि एकीकृत जनदिशा अभियान निरन्तर सञ्चालन गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :