नेकपा र सरकार बीचको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख

नेकपा र सरकार बीचको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज बिहान पहिलो चरणको औपचारिक वार्ता भएको छ । नेपाल सरकार र विप्लवले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच बिहान सम्पन्न भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताइएको छ । पहिलो चरणको वार्ता भएपछि प्रतिकृया दिँदै सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले वार्ता सकारात्मक भएको बताएका हुन् ।

नेकपासँगको वार्तापछि भट्टराईले भनेका छन्,“नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :