सर्लाही–महोत्तरी इन्चार्ज शुसलिङ्गलाई तत्काल रिहा : अरुण

सर्लाही–महोत्तरी इन्चार्ज शुसलिङ्गलाई तत्काल रिहा : अरुण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जनकपुर व्युरोले सरकारले एकातिर वार्ताको कुरा गर्ने र अर्कोतिर गृह प्रशासनद्वारा दमन गरिरहने नाटकी चरित्र देखाउँदै सर्लाही–महोत्तरी इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमल शुसलिङ्गलाई रणनीतिक संयुक्त मोर्चाको कार्यक्रमको तयारी गरिरहेको अवस्थामा गौशाला न.पा. ११, तारेचौरीबाट गिरफ्तार गरेको घटनाप्रति सम्बन्धित सबै पक्षमा ध्यानआर्कषण गराउँदै घोर विरोध तथा भत्र्सना गरेको छ । व्युरो इन्चार्ज अरुणले सोमबार विज्ञप्तिमार्फत गिरफ्तार गरिएका कमल शुसलिङ्गलाई बिनासर्त रिहाई नगरे कडा संघर्ष गर्ने र उत्पन्न परिस्थितिको जिम्मेबार स्वयम् सरकार र गृह प्रशासन हुने चेतावनी दिएका छन् ।

जनकपुर व्युरो इन्चार्ज अरुणले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सर्लाही–महोत्तरी इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य क.कमल शुसलिङ्गलाई पार्टी काम तथा रणनीतिक संयुक्त मोर्चाको कार्यक्रमको तयारी गरिरहेको अवस्थामा हिजो मिति २०७७/११/१६ गते आइतबारका दिन गौशाला न.पा. ११, तारेचौरीबाट केपी वली नेतृत्वको सरकारका गृह प्रशासनले गिरफ्तार गरेको छ । यो सरकारले एकातिर वार्ताको कुरा गर्ने र अर्कोतिर हाम्रो पार्टीका जिम्मेबार कमरेडहरुलाई बिनाकारण गिरफ्तार गरी हाम्रो पार्टीमाथि यसका गृह प्रशासनद्वारा दमन गरिरहने नाटकी चरित्र देखाएको छ ।’

व्युरो इन्चार्ज अरुणले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘हाम्रो पार्टी सरकारको यस्तो हर्कतको घोर विरोध तथा भत्र्सना गर्दै यो विषयमा सम्बन्धित सबै पक्षमा ध्यानआर्कषण पनि गराउँदछौं । साथै गिरफ्तार गरिएका कमरेडलाई बिनासर्त रिहाईको जोडदार माग गर्दछौं । अन्यथा कडा संघर्ष गर्ने र उत्पन्न परिस्थितिको जिम्मेबार स्वयम् सरकार र यसका गृह प्रशासन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :