चार दलीय रणनैतिक मोर्चाको इटहरीमा विशाल जनसभा हुँदै

चार दलीय रणनैतिक मोर्चाको इटहरीमा विशाल जनसभा हुँदै

काठमाडौँ : रणनैतिक संयुक्त मोर्चाको आयोजनामा आज इटहरीमा विशाल जनसभा हुँदैछ । देशका विभिन्न मुख्यमुख्य शहरमा भव्य जनसभा गर्दै आएको चार राजनीतिक पार्टी सम्मिलित मोर्चाले इटहरीमा जनसभा गर्न लागेको हो ।

उक्त सभालाई मोर्चामा आबद्ध नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको ने.क.पा. (क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । 

काठमाडौँको प्रज्ञाभवनमा संयुक्त रणनैतिक मोर्चा घोषणा गरेको मोर्चाले यसअघि बुटवल, धनगढीमा भव्य जनसभा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :