नेकपा अछामले गर्यो सहिद परिवारहरुलाई सम्मान

नेकपा अछामले गर्यो सहिद परिवारहरुलाई सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाका विभिन्न ठाउँमा सहिद परिवार सम्मान कार्यक्रम व्यापक बनाएको छ । फाल्गुन १४ बाट शुरु गरेको सहिद सप्ताह २०७७ अन्तरगत सहिद परिवार सम्मान कार्यक्रम सोमबार रामारोसन गाउँपालिकामा १ जना, बान्निगडी जयगद गा.पा. को १ जना गरि २ जनालाई रामारोशनको गजड बजारमा ३ जनालाई मंगलसैन न.पा. १४ कालागाउँमा, ४ जनालाई मेल्लेख गा.पा.को ऋषिदहमा र २ जना सहिद परिवारलाई ढकारी गा.पा.को ढुंगाचाल्नामा दोसल्ला, सम्मान पत्र, टिकाग्रहण गरि सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

यसैगरी मंगलसैन नगरपालिका १४ को सहिद परिवार सम्मान कार्यक्रमको अध्यक्षता सुमन, प्रमुख अथिति जिल्ला पार्टी सचिव प्रतिक, अथितिमा युवा संगठन नेपाल अछामका जिल्ला संयोजक सुशील, मंगलसैन न.पा. १४का वडा अध्यक्ष तेजबहादुर भण्डारी, सहिद परिवारबाट अशोक भण्डारी रहनु भएको थियो ।

सम्मान कार्यक्रमलाई विज्ञानले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य सुशीलले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :