नेकपाका महोत्तरी–सर्लाही जिल्ला इन्चार्ज सुस्लिङ गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महोत्तरी–सर्लाही इन्चार्ज कमल बहादुर सुस्लिङलाई वली–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ । जनभेटघाट पछि बाटोमा हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले आइतबार साँझ गैरन्यायिक तरिकाले गिरफ्तार गरेको हो ।

प्रहरीले गिरफ्तार गरेका सुस्लिङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ । सुस्लिङले महोत्तरीमा बसेर सर्लाहीमा चन्दा आतंक मच्चाएको प्रहरीले झुट आरोप लगाएको समाचारमा जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरू जेल र हिरासतमा बन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :