विदेशस्थित मोर्चाद्वारा सहिद सप्ताह भब्य रुपले मनाइयो

विदेशस्थित मोर्चाद्वारा सहिद सप्ताह भब्य रुपले मनाइयो

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा कतारले २६ औँ जनयुद्ध दिवस तथा सहिद सप्ताह कार्यक्रम अनलाइन मार्फत भब्य रुपले सम्पन्न गरेकोछ । जनयुद्धका महान् सहिदहरुको सपना पूरा गर्न प्रवासी नेपालीहरूको भुमिका ! बैज्ञानिक समाजवादको लागि वैकल्पिक संयुक्त सत्ता आजको आवश्यकता !! भन्ने समसामयिक नाराको साथमा आयोजित कार्यक्रमको सञ्चालन कतार मोर्चा महासचिव रबिन पुनले गरेका थिए । मोर्चा अध्यक्ष जयकिशोर पोद्दारको सभापतित्वमा सञ्चालित कार्यक्रम प्रमुख अतिथि जनजागरण मञ्चका अध्यक्ष, सहिद परिवार, कान्तिपुर पत्रिकाका स्तम्भकार तथा नेपाल रास्ट्रिय शिक्षक संगठनका भुतपुर्व अध्यक्ष गुणराज लोहनी रहेका थिए । सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि मुट्ठी उठाएर अन्तर्राष्ट्रिय गित गाइएको थियो ।

अतिथिहरुमा बामपन्थी बुद्धिजीवी खगेश्वर केसी, बामपन्थी बुद्धिजीवी, मोटिभेटर तथा जनजागरण मञ्चका केन्द्रीय सदस्य नरबहादुर कार्की, कतार मोर्चाको प्रमुख सल्लाहकार रमेश गिरी, सल्लाहकार रेशम पौडेल, सल्लाहकार श्रीकृष्ण भट्टराई, साउदी मोर्चा महासचिव तथा सहिद परिवार टिकाराम ओली, साउदी मोर्चा भुपु अध्यक्ष युवराज कार्की, बहराइन मोर्चा अध्यक्ष भिम केरुङ र महासचिव मिनराज नाथ, कुबेत मोर्चा अध्यक्ष बसन्त विश्वकर्मा, अमेरिकी मोर्चा अध्यक्ष बिश्वबहादुर शाह, युरोप मोर्चा अध्यक्ष बिष्णु भुजेल, पोर्चुगल मोर्चा अध्यक्ष पुर्णबहादुर विक, जर्मनी मोर्चा अध्यक्ष शेरबहादुर तुम्बापो, स्पेन मोर्चा प्रतिनिधि गोपाल रेग्मी, बेल्जियम मोर्चा संयोजक मेख गुरुङ तथा प्रतिनिधिहरु, जनजाती सरोकार मञ्च बेल्जियम अध्यक्ष बदन योङहाङ, जापान मोर्चा महासचिव निराजन गैरे, मलेसिया मोर्चा अध्यक्ष बिजय लामा, युएई मोर्चा प्रतिनिधि ऋषि गैरे, प्रवासी नेपाली जनसमाज भारतका सचिव गोबिन्द पाण्डे, द कोरिया र हङकङ मोर्चा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । त्यस्तै प्रगतिशील नेपाली समाजका जेपी मोक्तान सहित साउदीका अध्यक्ष भुपेन्द्र रसाइली, युएईका अध्यक्ष जीवन दास, कतारका र मलेसियाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समसामयिक नारा अनुसार हामी विदेशिएका युवाहरूले अब रास्ट्रिय राजनीतिमा दखल पुर्याउनु पर्ने र विदेशको शिपलाई नेपालमा प्रयोग गर्नुपर्ने तदारुक्ताका साथ अगाडि बढ्नु आजको आवश्यकता हो भन्ने बारेमा सबैको एकमत रहेको थियो । राज्य सत्ताको कमजोरीकै कारण युवाहरूलाई बेचिनु परेको निष्कर्ष निकालिएको थियो । प्रमुख अतिथिले जनयुद्धको इतिहास बारेमा प्रकाश पार्दै १४ वर्षे बालक दिलबहादुर रमतेलले आफ्ना शिक्षकलाई गिरफ्तार गरि नलगिदिन रोइ कराई बिलौना गरिरहेको बेलामा हत्या गरेर आजकै दिनबाट हत्याको शृङ्खला शुरु गरेको थियो भने हप्ता दिन नपुग्दै राति एकै घरमा सुतिरहेका छ भाई खत्री बन्धुहरुको सामुहिक हत्या गरेर बितन्डा मच्चाएको बताएका थिए ।

त्यसैगरी बामपन्थी बुद्धिजीवी खगेश्वर केसीले समस्या व्यवस्थामा रहेको र ब्यक्ति फेरेर हल नहुने त्यसकारण रास्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सबैतिरबाट एकजुट भएर व्यवस्थाको विकल्पमा वैकल्पिक सत्ता बैज्ञानिक समाजवाद स्थापनाको लागि लागिपर्नु पर्ने बताएका थिए । अर्का वक्ता नरबहादुर कार्कीले क्रान्तिको यात्रा कठिन रहेको र आपसमा मिलेर नै सफलता हासिल गर्न सकिने बारेमा बताएका थिए । जनयुद्धको मर्म विपरीत नेतृत्वले धोका दिंदा आज व्यक्ति केन्द्रित राजनीति हुन पुगेको बताए ।

विश्व भरी छरिएर रहेका मोर्चामा आवद्ध मजदुरहरुको मत र संयुक्त रणनीतिक मोर्चामा आबद्ध पार्टीहरुको भातृ संस्था प्रगतिशील नेपाली समाजका युवा मजदुरहरूको आवाज पनि एउटै रहेको थियो । नेटको विभिन्न कठिनाइका बावजुद पनि मोर्चाका सदस्य र समर्थकहरुको मनग्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :