लमजुङमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तिव्र

लमजुङमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तिव्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद सप्ता कार्यक्रम सुरु गरेको छ । १४ देखि २१ गतेभित्र सम्पूर्ण लमजुङभित्र रहेका ८६ जना सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिने नेकपा लमजुङ जिल्ला इन्चार्ज आक्रोशले बताएका छन् ।

पुर्वी लमजुङको जनयुद्ध आधारभूमि भनेर चिनिने दूध पोखरी गाउँपालिकाको बिचौर र एलाम पोखरीमा एक कार्यक्रमका बीच सहिदहरुको सपनालाई साकार पार्न भन्दै अरु कसैलाई विश्वास नगरेर हामीलाई सहयोग गर्ने आग्रह गरे । उक्त कार्यक्रमको सञ्चालक दूध पोखरी गाउँपालिका इन्चार्ज सानो भाईले गरेका थिए भने त्यसको अध्यक्षता पार्टी जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल किसान महासङ्घका जिल्ला संयोजक हरिले गरेका थिए । उनले अब छिटै दलाल संसदीय व्यवस्थाको अन्त्य र जनगन्तन्त्रको स्थापना हुने कुरामा ढुक्क रहन सहिद तथा बेपता परिवारलाई आग्रह गरे ।

यसैगरी लमजुङ जिल्ला सेक्रेटरी गौरवले मध्य नेपाल नगरपालिकामा भेटघाट कार्यक्रम सम्पन्न गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :