नेकपा अछामद्वारा ऋृषिदहमा अन्तरक्रिया सम्पन्न

नेकपा अछामद्वारा ऋृषिदहमा अन्तरक्रिया सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले शुक्रबार ऋृषिदहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेल्लेख गाउँ कमिटीको आयोजनामा नन्दामाता माध्यमिक विद्यालय ऋृषिदहमा अन्तरक्रिया गरेको हो ।

विज्ञानको सञ्चालन र दिपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सेक्रेटरी प्रतिक प्रमुख अतिथि रहेका थिए । वर्तमान राजनैतिक परिस्थिति, संकट र समाधान विषयमा अन्तरक्रिया गरेको नेकपाले वर्तमान राजनैतिक संकटको समाधानका लागि वैज्ञानिक समाजवाद आवश्यक भएको र वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिको झण्डा मुनि गोलबन्द हुन सम्पूर्ण जनतालाई अनुरोध गरे ।

अछाम जिल्लामा राजनैतिक अभियान सँगै स्थानीय शिक्षक, विद्यार्थी, बुद्धिजीवीसँग अन्तरक्रिया गरिरहेको पार्टीले केही दिन पहिले बाढीका कारण अवरुद्ध रहेको लघु जलविद्युत सुचारू गर्न श्रमदान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :