प्रगन्ना तथा बर्कापथ सिचाइ आयोजना प्रक्रिया अगाडि नबढाउन नेकपाको चेतावनी

प्रगन्ना तथा बर्कापथ सिचाइ आयोजना प्रक्रिया अगाडि नबढाउन नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले प्रगन्ना तथा बर्कापथ सिचाइँ आयोजना लमही दाङलाई ठेक्का प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोका इन्चार्ज सुवासले आज एक प्रेस विज्ञप्ति जारी गरि आम निर्माण व्यवसायीहरुलाई कथित मापदण्डको नाममा यसअघिदेखि अहिलेसम्म पनि काम गर्ने अवसर र अधिकारहरुबाट बञ्चित गरि सिमित २/४ जना निर्माण व्यवसायीहरुले राज्यको राजस्व दुरुपयोग गरिरहेको भन्ने पार्टीमा जनगुनासो आएकोले उक्त आयोजना प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छन् ।

अन्यथा सबै प्रक्रियाहरु सहज रूपमा नबढ्ने पनि जानकारी विज्ञप्तिमा गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :