बलात्कार तथा हत्याहिंसाका विरूद्ध झापा र मोरङ्गमा विरोध प्रदर्शन

बलात्कार तथा हत्याहिंसाका विरूद्ध झापा र मोरङ्गमा विरोध प्रदर्शन

विर्तामोड : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी र अखिल नेपाल महिला संघ क्रान्तिकारीले झापा र मोरङ्गमा बलात्कार तथा हत्याहिंसाको संयुक्त रूपमा विरोध गर्दै प्रदर्शन गरेको छ । बैतडीकी भागरथी भट्ट, मोरङ्गमा भएको सामुहिक बलात्कार एवम् झापामा शिक्षकको कुटाइबाट मृत्यु भएका १० वर्षीय बालक मृत्यु प्रकरणका दोषीलाई अविलम्ब कारबाहीको माग राख्दै अखिल क्रान्तिकारी र अनेम संघ क्रान्तिकारीले प्रदर्शन गरेको हो ।

झापाको विर्तामोडमा सयौँ विद्यार्थी तथा अनेम संघ क्रान्तिकारीका सदस्यहरूको उपस्थितिमा भएको विरोध प्रदर्शनलाई अखिल क्रान्तिकारीका नेता विपि मगर र महिला संघ क्रान्तिकारीकी नेतृ समिक्षाले सम्बोधन गरेकी थिइन् भने मोरङ्गमा विद्यार्थी नेता सिमान्तले सम्बोधन गरेका थिए ।

उक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेताहरूले भागरथी भट्ट, मोरङ घटना र झापामा शिक्षकको पिटाइबाट मृत्यु भएका बालकको परिवारलाई न्यायको माग राख्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

विरोध प्रदर्शनमा केपी ओली मुर्दावाद, बलात्कारीलाई अविलम्ब कारबाही गर, भागरथी भट्टलाई न्याय दे, विद्यार्थीहरूमाथि हुने यौन शोषण बन्द गर, यस्तो सरकार चाहिँदैन विद्यार्थी कुट्न पाइँदैन, प्रतिबन्ध खारेज गर, बलात्कारीलाई फाँसी दे लगायतका विभिन्न नाराहरू लेखिएका प्लेकार्डहरू समेत प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :