जनयुद्धकालीन जग्गा खरिदविक्री गरिए कारवाही : नेकपा

जनयुद्धकालीन जग्गा खरिदविक्री गरिए कारवाही : नेकपा

सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनयुद्धकालमा पार्टीले कब्जा गरेको जग्गा खरिदविक्री गर्ने दलालहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

जिल्ला सेक्रेटरी खेमले शनिबार वक्तव्य जारी गर्दै शितगंगा नगरपालिका वडा नं. ७ दमारबेसीमा रहेको जीवनारायण बेलबासेको जग्गा पार्टीले २०५९ सालमा कब्जा गरेको र सो जग्गामा सहिद परिवार र कुमाल परिवारले भोगचलन गर्दै आएकोमा अहिले जीवनारायणका छोरा नारायण बेलबासेले विक्री गर्न लागेको भन्दै उक्त जग्गा खरिदविक्री गरेमा कारवाही गर्ने बताएका छन् ।

उनले वक्तव्यमा उक्त जग्गा पार्टीले फुकुवा नगरेको र पार्टी मातहतमा रहेको भन्दै विक्री गर्न वा गराउन खोजिए त्यसपछिको परिस्थितिको जिम्मेवार स्वयम् हुने बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘पार्टीको उक्त जग्गा जोकसैले पनि किनबेच नगर्न र नगराउन सम्बन्धित पक्षलाई सचेत गराउँदछौं । यदि उक्त जग्गा खरिद विक्री गरिए वा गराउन खोजिएमा दुवै पक्षलाई पार्टीले कडा कारवाही गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही उनीहरू स्वयम् नै हुने स्पष्ट गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :