भागिरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी कारवाही गर : विप्लव

भागिरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी कारवाही गर : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बैतडी जिल्ला, दोगडाकेदार न.पा. ७ चडेपानी निवासी, सिर्काेटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागिरथी भट्टको बलात्कार गरी हत्या भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै अमानवीय घटनाको तुरुन्त सत्य तथ्य छानविन गरी घटनामा संलग्न जो कसैलाई पनि कडा भन्दा कडा कारवाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

महासचिव विप्लवले सोमबार प्रेस वक्तव्यमार्फत दुई वर्ष अघि भएको निर्मला हत्याकाण्डका अपराधीहरु पत्ता लगाई कारवाही गर्न सरकार र प्रहरी प्रशासन असफल भएकाले पनि पीडितहरु दिनानुदिन रोदन गर्नुपर्ने र अपराधीहरु निस्चिन्त र उन्मुक्त भई अपराध थप मौलाउने वातावरणका कारण यस्ता घटनाहरु दोहरिएकाले उक्त घटना पनि त्यहि प्रवृतिको निरन्तरता भएको हुनाले अनुसन्धानका लागि आवश्यक सहयोग र सबै पक्षसँग सहकार्यका लागि पार्टी तयार रहेको भन्दै अपराधको तथ्यपरक छानविन र अपराधीहरु उम्कन नपाउन भन्नका लागि सम्पूर्ण राजनीतिक–सामाजिक संघ–संस्था, सचेत नागरिक र आम जनसमुदायको जागरुकता र खबरदारीलाई निरन्तरता दिन विशेष अनुरोध गरेका हुन् ।

उनले, सरकारले अनुसन्धान कार्यलाई गम्भीरता पूर्वक नलिई घटनाप्रति नजरन्दाज गर्न र विषयान्तर गर्न खोजेमा त्यस्तो कार्यलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र त्यस अवस्थामा पार्टीले आम जनसमुदायको सहयोगमा घटनाको छानविन गरी वास्तविकता सार्वजनिक गर्ने पहलकदमी लिनेसमेत बताएका छन् ।

महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘बैतडी जिल्ला, दोगडाकेदार न.पा. ७ चडेपानी निवासी, सिर्काेटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागिरथी भट्टको बलात्कार गरी हत्या भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । दुई वर्ष अघि भएको निर्मला हत्याकाण्डका अपराधीहरु पत्ता लगाई कारवाही गर्न सरकार र प्रहरी प्रशासन असफल भएकाले पनि पीडितहरु दिनानुदिन रोदन गर्नुपर्ने र अपराधीहरु निस्चिन्त र उन्मुक्त भई अपराध थप मौलाउने वातावरणका कारण यस्ता घटनाहरु दोहरिएका छन् । हालको यो घटना पनि त्यहि प्रवृतिको निरन्तरता हो ।’

विप्लवले वक्तव्यमा अगाडि भनेका छन्, ‘हाम्रो पार्टीले भागिरथी हत्याकाण्डलाई निकै गम्भीर रुपमा लिएको छ र हाम्रो पार्टी यस बर्बर र पाशविक जघन्य अपराधको घोर निन्दा र भत्र्सना गर्दछ । हामी यस अमानवीय घटनाको तुरुन्त सत्य तथ्य छानविन गरी घटनामा संलग्न जो कसैलाई पनि कडा भन्दा कडा कारवाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौं । अनुसन्धानका लागि आवश्यक सहयोग र सबै पक्षसँग सहकार्यका लागि पार्टी तयार रहेको जानकारी गराउन चाहन्छौं । अपराधको तथ्यपरक छानविन र अपराधीहरु उम्कन नपाउन भन्नका लागि सम्पूर्ण राजनीतिक–सामाजिक संघ–संस्था, सचेत नागरिक र आम जनसमुदायको जागरुकता र खबरदारीलाई निरन्तरता दिन पनि विशेष अनुरोध गर्दछौं ।’

महासविच विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘साथै यदि सरकारले अनुसन्धान कार्यलाई गम्भीरता पूर्वक नलिई घटनाप्रति नजरन्दाज गर्न र विषयान्तर गर्न खोजेमा त्यस्तो कार्यलाई कुनै पनि हालतमा स्वीकार गरिनेछैन र त्यस अवस्थामा हाम्रो पार्टी आम जनसमुदायको सहयोगमा घटनाको छानविन गरी वास्तविकता सार्वजनिक गर्न पहलकदमी लिई अघि बढ्ने विषयसमेत सबैमा जानकारी गराउन चाहन्छौं ।’ प्रेस वक्तव्यको पूर्णपाठ…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :