आकाश र सरललाई तत्काल रिहा गर : नेकपा

आकाश र सरललाई तत्काल रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धौलागिरीले राजनीतिक प्रशिक्षण र सांस्कृतिक अभियानको क्रममा जनताको घरदैलो हुँदै फर्किरहेको अवस्थामा केही भिजिलान्जेको सुराकीको कारणले बागलुङ इन्चार्ज आकाश र सामना सांस्कृतिक परिवारका संयोजक सरल माझीलाई केपी–बादल गृह प्रशासनले विनाकारण गिरफ्तार गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यान केन्द्रित भएको भन्दै घोर आपत्ति एवम् खेद व्यक्त गर्दै तत्काल विनासर्त रिहा गर्न माग गरेको छ । ब्युरो इन्चार्ज राजनले सोमबार प्रेस वक्तव्यमार्फत नेता आकाश र जनकलाकार सरललाई तत्काल रिहा नगरे त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जवाफदेही सम्बन्धित पक्ष नै हुने चेतावनी दिएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘२०७७ माघ २४ गते हाम्रो पार्टीका बागलुङ इन्चार्ज कमरेड आकाश र सामना सांस्कृतिक परिवारका संयोजक कमरेड सरललाई बागलुङ बडीघात गाउँपालिका वडा नंं १ दगाटुम डाँडा, सल्लेपोखराबाट गिरफ्तार गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान केन्द्रित भएको छ ।’

व्युरो इन्चार्ज राजनले राजनीतिक प्रशिक्षण र सांस्कृतिक अभियानको क्रममा जनताको घरदैलो हुँदै फर्किरहेको अवस्थामा केही भिजिलान्जेको सुराकीको कारणले गर्दा भएको यस घटनाप्रति पार्टीको तर्फबाट घोर आपत्ति एवम् खेद व्यक्त गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, ‘हाम्रो पार्टीका लोकप्रिय एवम् स्वच्छ छवि भएका राजनीतिक नेता कमरेड आकाश र जनकलाकार कमरेड सरललाई विनासर्त रिहाइको माग गर्दछौं । अन्यथा त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जवाफदेही सम्बन्धित पक्ष नै हुनुपर्ने व्यहोरा जानकारी गराउँदछौं ।’

वक्तव्यमा केपी र उसको गृह प्रशासन ‘रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ’ भनेझैं क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई ‘प्रतिबन्ध’ गिरफ्तार र हत्यामा शृङ्खलामा उत्रिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :