नेकपाका नेता थापा रिहालगत्तै पुनः गिरफ्तार

नेकपाका नेता थापा रिहालगत्तै पुनः गिरफ्तार

काठमाडौँ : अदालतले साधारण तारेखमा रिहा गरेका नेकपाका नेता निरु थापालाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरी वेपत्ता पारेको छ ।

नेता निरु थापाको तर्फबाट दिलमाया थापाले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा बुधबार न्यायधिसहरु प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त इजलासले नेता निरुलाई म्याद थप गरेर थुनामा राख्नुपर्ने कुनै कारण नभएको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।

निवेदक थापाको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल, सन्तोष कोइराला र चुडाबहादुर निरौलाले बहस गरेका थिए ।

गण्डक ब्युराे सदस्य निरु थापालाई उपचारको क्रममा काठमाडौँको टोखामा बाटो हिडिरहेको अवस्थामा प्रहरीले माघ ३ गते गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :