नेपाल बन्दको प्रभाव देशभर

नेपाल बन्दको प्रभाव देशभर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारी र केपी वली सरकारको फासिवादी हर्कतविरुद्ध आज आह्वान गरिएको नेपाल बन्दको प्रभाव देशभर बिहानैदेखि परेको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, व्यवसाय, कलकारखाना, उद्योग, शिक्षणसंस्था पूर्ण रूपमा ठप्प रहेका छन् । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार अहिलेसम्म बन्द शान्तिपूर्ण रूपमा भइरहेको बताइएको छ ।

गत पुस २९ गते सरकारले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लागयत ब्युरो सदस्यहरू गिरफ्तार गरेको विरोधमा नेकपा केन्द्रीय समितिले यसअघि नै माघ १० गते नेपाल बन्दसहितको चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो ।

नेकपाले नेपाल बन्द सफल पार्न आह्वान गर्दै शुक्रबार साँझ देशभर मशाल जुलुस निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :