नेकपाका नेता विरही १३ औँ पटक गिरफ्तार, अदालतको अवज्ञा गर्दै काभ्रेबाट मोरङ लगियो

नेकपाका नेता विरही १३ औँ पटक गिरफ्तार, अदालतको अवज्ञा गर्दै काभ्रेबाट मोरङ लगियो

काठमाडौँ : रातो खबर साप्ताहिकका पूर्वनिर्देशक एवम् स्रष्टासमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ लाई सरकारले काभ्रेबाट रिहा हुनासाथ गिरफ्तार गरेर मोरङ लगेको छ । यो विरहीको १३ औँ गिरफ्तारी हो ।

नेता विरहीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । तर अदालतको आदेश अवज्ञा गर्दै प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरी मोरङतर्फ लगेको हो ।

ढाडको मेरुदण्ड, सुगरलगायत आधा दर्जन रोगबाट ग्रस्त भएर चितवनको भरतपुर मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार गराइरहेको समयमा अदालतको आदेश अवज्ञा गर्दै केपी वली सरकारले नेता विरहीलाई गिरफ्तार गरेर १२ वटा जिल्ला घुमाइसकेको छ ।

यसअघि विभिन्न झूट्टा मुद्दा लगाउँदै हिरासतमा राखिएका विरहीलाई भेट्न राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्यसमेत रहेका मानवअधिकारकर्मी सुदीप पाठक नेतृत्वको टोली जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक हिरासत कक्षमा पुगेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :