नेकपाद्वारा कपिलवस्तु र अर्घाखाँचीमा गिरफ्तारीविरुद्ध प्रदर्शन

नेकपाद्वारा कपिलवस्तु र अर्घाखाँचीमा गिरफ्तारीविरुद्ध प्रदर्शन

काठमाडौँ : नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत पार्टीका नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको विरोधमा कपिलवस्तु र अर्घाखाँचीमा प्रदर्शन गरिएको छ ।

नेकपा कपिलवस्तुले जिल्लाका विभिन्न स्थानमा कोणसभा आयोजना गरेको छ । कोणसभामा जिल्लास्तरीय नेताहरूले नेता बास्तोलालगायत राजबन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै सरकारको फासिवादी दमनको विरोध गरेको प्राप्त समाचारमा जनाइएको छ ।

त्यसैगरी अखिल (क्रान्तिकारी) अर्घाखाँचीले गिरफ्तारीविरुद्ध प्रदर्शन गरेको छ । विरोध सभालाई सम्बोधन गर्ने क्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज वीरेन्द्र विकले बास्तोलाको रिहाइको माग गर्दै जनताको न्यायपूर्ण आवाजमाथि प्रतिबन्ध लगाएर दलाल सरकारले नेकपाका नेता–कार्यकर्तामाथि दमन गरेको बताए । उनले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्न युवा–विद्यार्थीको महत्वपूर्ण भूमिका रहने भएकाले सचेत युवाहरूलाई क्रान्तिका पक्षमा उभिन अपिल गरे । सामाजिक दलाल फासिवादी सरकारले नेता–कार्याकर्ता रिहा नगरेमा र दमन जारी राखेमा ठूलो मूल्य चुकाउनुपर्ने उनको भनाइ थियो ।

जिल्ला अध्यक्ष नवीन खड्काले दलालहरूको अन्तिम दिन आएको भन्दै दमन जारी राखे कडा प्रतिरोध गर्ने बताएको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :