नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध नवलपुरमा प्रदर्शन

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध नवलपुरमा प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित सम्पूर्ण राजबन्दीको रिहाइको माग गर्दै नेकपा नवलपुरले प्रदर्शन गरेको छ ।

गिरफ्तारीको विरोधमा आयोजित कार्यक्रममा जिल्ला सेक्रेटरी शीतलले दलाल संसदीय व्यवस्थाविरुद्ध सम्पूर्ण जनतालाई एकजुट हुन र राजबन्दी रिहाइको निमित्त माघ १० गतेका लागि घोषित नेपाल बन्द सफल पार्न सम्पूर्ण जनसमुदायलाई आह्वान गरेका थिए ।

नेकपा नवलपुरले जिल्लामा पार्टीका नेता, कार्यकर्तासहित स्थानीय जनसमुदायको उपस्थितिमा ब्यानर राखेर विरोध प्रदर्शन गरिएको जनाएको छ । कार्यक्रममा ‘सम्पूर्ण राजबन्दी रिहा गर, फासिस्ट दमन र धरकपड बन्द गर, झूट्टा मुद्दा खारेज गर, दलाल संसदीय व्यवस्था मुर्दावाद’ लगायत नारा लगाइएको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :